+
+
Shares

संखुवासभामा एमालेको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १०:३१

२५ फागुन, संखुवासभा । संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै छ ।

नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले आफ्नो अग्रतालाई कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका अर्जुनकुमार कार्की र रास्वपाका मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

सोमबार बिहान सम्मको मतगणनामा अर्जुनकुमार कार्कीले ११ हजार ५१४ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिङ्मा शेर्पाले १० हजार ७0३ मतले पछ्याइरहेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठले ८ हजार ७६५ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ६ हजार ९९३ मतका साथ चौथो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सरिता थापाले २ हजार ३१८ मत प्राप्त गरेकी छन् ।

मत गणनाको अन्तिम परिणाम साँझसम्म आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गणना जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसो देखि जारी छ । गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको छ ।

मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?