+

राष्ट्रिय लिग : जोनाथान कान्टिलानाको ह्याट्रिकमा मछिन्द्र शीर्ष स्थानमा

२०८२ फागुन  २६ गते २२:५३ २०८२ फागुन २६ गते २२:५३
राष्ट्रिय लिग : जोनाथान कान्टिलानाको ह्याट्रिकमा मछिन्द्र शीर्ष स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मछिन्द्र एफसीले जोनाथान कान्टिलाको ह्याट्रिक मदतमा नव जन जागृति युवा क्लबलाई ४-० ले पराजित गरेको छ।
  • मछिन्द्रले ९ खेलबाट २२ अंक जोड्दै राष्ट्रिय लिग फुटबलमा शीर्ष स्थानमा उक्लेको छ।
  • मनाङ मर्स्याङ्दी क्लबले चित्लाङ एफसीलाई २-० ले पराजित गर्दै १० खेलबाट १२ अंक जोडेको छ।

२६ फागुन, काठमाडौं । जोनाथान कान्टिलाको ह्याट्रिक मदतमा मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा मंगलबारबाराको नव जन जागृति युवा क्लबलाई ४-० ले पराजित गरेको छ ।

लिगमा सातौं जित हासिल गरेको मछिन्द्र शीर्ष स्थानमा समेत उक्लेको छ ।

मछिन्द्र ९ खेलबाट २२ अंक जोड्दै विभागीय टोली एपीएफ एफसीलाई पछि पारेको हो । समान खेलबाट एपीएफको २१ अंक छ । नव जन जागृतिको भने लगातार नवौँ हार हो । खेलेको सबै खेलमा पराजित नव जन जागृति अंकविहिन हुँदै पूछारमा छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रका लागि जोनाथानले ह्याट्रिक गर्दा रेजिन सुब्बाले एक गोल थपे ।

कान्टिलानाले ११औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । उनले ५०औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए । यस्तै कान्टिलानाले ८१औं मिनेटमा ह्याट्रिक पूरा गरे । रेजिनले ६२औं मिनेटमा गोल गरे ।

मंगलबार भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले चित्लाङ एफसीलाई २-० ले पराजित गरेको छ । जारी राष्ट्रिय लिगमा मनाङको यो तेस्रो जित हो ।

मनाङ १० खेलबाट १२ अंक जोडेर आठौं स्थानमा उक्लेको हो । १० खेल खेलेको चित्लाङको यो पाँचौ हार हो र ७ अंकसहित १४औं स्थानमै यथावत छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङका श्यरब लो तामाङले ४९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । सुमित मल्लले दवस्रो हाफको इन्जुरी टाइममा गोल गरे ।

तस्बीर: एन्फा

जोनाथान कान्टिलाना मछिन्द्र एफसी राष्ट्रिय लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय