+
+
Shares

कांग्रेसबाट राष्ट्रिय सभामा बहालवाला र नवनिर्वाचित सदस्यहरूको अन्तरक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभामा नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित सदस्यबीच सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ।
  • माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसदहरू राष्ट्रिय सभामा चयन भएका थिए।
  • राष्ट्रिय सभाका ५९ सदस्यमध्ये एक तिहाइ सदस्यको कार्यकाल दुई–दुई वर्षमा सकिन्छ र २० फागुनमा १९ सांसदको कार्यकाल समाप्त भएको थियो।

२७ फागुन, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अन्तरक्रिया एवं परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो ।

गत माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए ।

५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ । जसअनुसार यही २० फागुनमा १९ जना सांसदको कार्यकाल सकिएको थियो ।

रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ ।

माघ ११ को निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तालमेल भएको थियो ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?