News Summary
Generated by OK AI. Editorially reviewed.- हर्बल चियाले रोगप्रतिरोधि क्षमता बढाउने, शरीरलाई डिटक्स गर्ने, पाचन सुधार्ने र तनाव कम गर्ने काम गर्छ।
- अदुवाको चियाले घाँटी दुखाइ कम गर्ने, पाचन सुधार्ने र एनर्जी स्तर बढाउने काम गर्छ।
आजको व्यस्त र भागदौडपूर्ण जीवनशैलीका कारण धेरै मानिसहरू रुघाखोकी, थकान, सुस्तता र कमजोर प्रतिरोधात्मक क्षमता जस्ता समस्यासँग जुधिरहेका छन् । यस्तो अवस्थामा शरीरलाई प्राकृतिक रूपमा बलियो बनाउने सरल उपायमध्ये एक हो हर्बल चिया ।
तुलसी, अदुवा, बेसार, दालचीनी, अश्वगन्धा, गिलोय, लेमनग्रास र पुदिना जस्ता जडीबुटीबाट बनेका चियाहरू आयुर्वेदमा प्राचीनकालदेखि प्रयोग हुँदै आएका छन् ।
यी चियाले रोगप्रतिरोधि क्षमता बढाउनुका साथै शरीरलाई डिटक्स गर्ने, सुन्निने समस्या कम गर्ने, पाचन सुधार्ने, ऊर्जा बढाउने र तनाव कम गर्ने काम पनि गर्छन् । नियमित रूपमा सेवन गर्दा हर्बल चियाले समग्र स्वास्थ्यलाई सन्तुलित र सबल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
१.तुलसीको चिया
तुलसीलाई आयुर्वेदमा ‘जडीबुटीहरूको रानी’ भनिन्छ । यसको चिया पिउँदा रुघाखोकी र खोकीमा तुरुन्तै राहत मिल्छ, रोग प्रततिरोधि प्रणाली बलियो हुन्छ र तनाव कम हुन्छ । तुलसी एन्टिअक्सिडेन्ट जस्तै युजेनोल, रोस्मारिनिक एसिडले भरिपूर्ण हुन्छ, जसले फ्री रेडिकल्सबाट शरीरलाई जोगाउँछ ।
तुलसीले इम्युन मोड्युलेटरी प्रभाव पार्छ । म्याक्रोफेज, नेचुरल किलर सेलहरूको क्रियाकलाप बढाउँछ र इन्फ्लेमेसन कम गर्छ । यसले तनावबाट हुने रोगप्रतिरोधि क्षमताको कमीलाई रोक्छ ।
२.अदुवाको चिया
अदुवाको चियाले घाँटी दुखाइ र रुघाखोकीमा मात्र आराम दिंदैन, बरू शरीरमा हुने सुन्निने समस्या र मांसपेशीको दुखाइ पनि घटाउँछ । यसमा रहेको जिंजरल र शोगाओल जस्ता कम्पाउन्डहरू शक्तिशाली एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट हुन् । अदुवाले इन्फ्लेमेटरी मार्करहरू घटाउँछ, प्रतिरोधक क्षमता बढाउँछ र संक्रमणबाट बचाउँछ । यसले पाचन पनि राम्रो बनाउँछ र एनर्जी स्तर बढाउँछ ।
३.बेसारको चिया
बेसार दूध त धेरैले सेवन गर्छन्, तर बेसारको चिया पनि उत्तिकै प्रभावकारी छ । यसले शरीरलाई डिटक्स गर्छ, सुन्निएको घटाउँछ र छालालाई चम्किलो तथा स्वस्थ बनाउँछ । यसमा हुने मुख्य तत्व कर्कुमिन ले एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट काम गर्छ । कर्कुमिनले इम्युन सेलहरूलाई नियमन गर्छ, इन्फ्लेमेसन कम गर्छ र इम्युनिटी सुधार्छ । यसले जोर्नी दुखाइ जस्तै अर्थराइटिसमा पनि राहत दिन्छ र हृदय स्वास्थ्यमा सहयोग गर्छ ।
४.दालचीनीको चिया
दालचीनीको चियाले रगतमा चिनीको स्तर नियन्त्रण गर्छ र मोटोपन घटाउन मद्दत गर्छ । यसमा रहेका एन्टिअक्सिडेन्टहरूले शरीरलाई भित्रबाट डिटक्स गर्छन् र मेटाबोलिजमलाई छिटो बनाउँछन् । दालचीनीले इन्सुलिन संवेदनशीलता बढाउँछ, फास्टिङ ब्लड सुगर घटाउँछ र तौल नियन्त्रणमा सहयोग गर्छ । यसले कोलेस्टेरोल पनि कम गर्छ र समग्र मेटाबोलिक स्वास्थ्य सुधार्छ ।
५.अश्वगंधाको चिया
अश्वगंधा एक उत्कृष्ट औषधि हो, जसले तनाव कम गर्छ, मस्तिष्कलाई शान्त राख्छ र निद्रा राम्रो बनाउँछ । यसको चियाले तनावका कारण कमजोर भएको प्रतिरक्षा फेरि सक्रिय बनाउँछ । अश्वगंधाले कोर्टिसोल तनाव हर्मोन स्तर घटाउँछ, चिन्ता र थकान कम गर्छ, निद्रा गुणस्तर सुधार्छ र इम्युन फङ्सन बढाउँछ । यो विशेष गरी तनावपूर्ण जीवनशैली भएकाहरूका लागि फाइदाजनक छ ।
६.गिलोयको चिया
गिलोयलाई आयुर्वेदमा ‘अमृता’ भनिन्छ किनकि यो अमृत जस्तै फाइदाजनक छ । यसको चियाले ज्वरो, डेंगु, भाइरल संक्रमण जस्ता रोगसँग लड्न मद्दत गर्छ । यसले कलेजोलाई डिटक्स गर्छ, टक्सिनहरू बाहिर निकाल्छ र रोगप्रतिरोधि क्षमता बलियो बनाउँछ । गिलोयले एन्टिअक्सिडेन्ट र इम्युनोमोड्युलेटरी गुणहरूका कारण शरीरलाई विभिन्न संक्रमणबाट जोगाउँछ ।
७.लेमनग्रास चिया
लेमनग्रासमा एन्टिब्याक्टेरियल र एन्टिफङ्गल गुणहरू हुन्छन् जसले संक्रमणबाट बचाउँछन् । यसको चियाले दिनको सुरुवातमा ऊर्जालाई बढवा दिन्छ । शरीरलाई हल्का र ताजा महसुस गराउँछ । यसले पाचन सुधार्छ र शक्तिलाई कायम राख्न मद्दत गर्छ ।
८.पुदिनाको चिया
पुदिनाको चियाले पाचन प्रणालीलाई ठीक राख्छ, ग्यास, ब्लोटिङ र अपचबाट राहत दिन्छ । यसको चिसो प्रभावले माइग्रेन, टाउको दुखाइ र थकानमा पनि आराम दिन्छ । यो तनाव कम गर्ने र ताजगी दिने उत्कृष्ट चिया हो ।
प्रतिक्रिया 4