+
+
Shares

नयाँ क्षेप्यास्त्र आक्रमण विफल बनायौं : कतार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कतारको रक्षा मन्त्रालयले खाडी राष्ट्रतर्फ लक्षित नयाँ क्षेप्यास्त्र आक्रमणलाई आकाशमै रोकेर नष्ट गरेको बताएको छ।
  • रुसले अमेरिका र इजरायललाई इरानमाथिको आक्रमण रोक्न र वार्तामा फर्कन आह्वान गरेको छ।
  • अस्ट्रेलियाले अत्यावश्यक बाहेकका कूटनीतिज्ञहरूलाई इजरायल र युएई छाड्न निर्देशन दिएको छ।

२८ फागुन, काठमाडौं । कतारको रक्षा मन्त्रालयले खाडी राष्ट्रतर्फ लक्षित नयाँ क्षेप्यास्त्र आक्रमणलाई देशको सेनाले आकाशमै रोकेर नष्ट गरेको बताएको छ।

कतारी अधिकारीहरूले आजै यसअघि ‘उच्च’ सुरक्षा चुनौतीको अलर्ट जारी गर्दै घरभित्रै बस्न आग्रह गरेका थिए । त्यसको केही समयपछि रक्षा मन्त्रालयले पछिल्लो आक्रमण विफल बनाएको जनाएको हो ।

यसैबीच, रुसले अमेरिका र इजरायललाई इरानमाथिको आक्रमण रोक्न र वार्तामा फर्कन आह्वान गरेको छ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले मस्कोले तनाव कम गर्न र द्वन्द्वलाई कूटनीतिक ट्र्याकमा फर्काउन सक्ने कदमहरूका लागि जोड दिइरहेको बताइन्।

उनले यस क्षेत्रभरिको मानवीय अवस्था अत्यन्तै कठिन बनेको चेतावनी दिँदै निरन्तर बढिरहेको तनाव गहिरो चिन्ताको विषय भएको बताइन्।

आफैं युक्रेनसँगको युद्धमा संलग्न रहेको र यो युद्ध अहिले पाँचौं वर्षमा चलिरहेको बेला रुसको यस्तो अपिल आएको हो।

यसैबीच, अस्ट्रेलियाले अत्यावश्यक बाहेकका कूटनीतिज्ञहरूलाई इजरायल र युएई छाड्न निर्देशन दिएको त्यहाँकी विदेशमन्त्री पेनी वोङले बताएकी छन्।

सहयोग आवश्यक पर्ने अस्ट्रेलियाली नागरिकहरूलाई सघाउनका लागि अत्यावश्यक अधिकारीहरू भने इजरायल र युएईमै रहने विदेशमन्त्री वोङले एक्समार्फत जानकारी दिएकी छन्।

(एजेन्सीहरूको सहयोगमा)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?