३० फागुन, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–९ गहतेको एक घरमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । शनिबार दिउँसो साढे १ बजे स्थानीय पहलमान श्रेष्ठको घरमा आगलागी हुँदा २० लाख बराबर क्षति भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठको घरसँगै जोडिएको पालीबाट अचानक सुरु भएको आगलागीले ढुङ्गा–माटोले बनेको तीन तले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मी खटिएका थिए ।
सुरक्षाकर्मी र स्थानीयको सहयोगमा दिउँसो ४ बजे आगो नियन्त्रणमा आएको थियो । यद्यपि आगलागीबाट घर र घरभित्र रहेका सुनचाँदीका गहना, लत्ताकपडा, अन्नपात र भाँडाकुँडामा क्षति पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4