News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक पूजा गरी शान्तिपूर्ण निर्वाचनको लागि धन्यवाद दिइन्।
- प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अग्रसर गराउन सबै पक्षबाट सहयोग प्राप्त भएकोमा कृतज्ञता व्यक्त गरिन्।
- पूजा कार्यक्रममा मन्त्री अनिलकुमार सिन्हा लगायत सहभागी थिए।
४ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरेको सचिवालयले जारी गरेको प्रेसनोटमा उल्लेख छ ।
सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी पुकारा पनि गरेकी थिइन् ।
पूजा कार्यक्रममा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि सरिक थिए ।
प्रतिक्रिया 4