News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका होटेलहरूको वर्गीकरणमा नयाँ मापदण्ड बनाउन पर्यटन विभागले सरोकारवालासँग सुझाव माग गरेको छ।
- हाल २०७६ सालको मापदण्ड कार्यान्वयनमा छ र समयानुकूल परिमार्जनको तयारी भइरहेको छ।
- नयाँ मापदण्डमा ग्रिन हस्पिटालिटी र होटेलको भौतिक पूर्वाधार तथा सेवाको गुणस्तर समावेश गरिनेछ।
९ चैत, काठमाडौं । नेपालका होटलहरूको वगीकरणमा अब नयाँ मापदण्ड बन्ने भएको छ । अहिले २०७६ सालको मापदण्ड कार्यान्वयनमा छ। पर्यटन विभागका अनुसार सो मापदण्डमा समयानुकूल परिमार्जनको तयारी छ ।
सोहीकरणमा विभागले सरोकारवालासँग राय/सुझाव माग गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै मौजुदा मापदण्ड २०७६ मा सुधार गर्नुपर्ने पक्ष, ग्रिन हस्पिटालिटीका लागि आवश्यक सूचक र होटलको भौतिक पूर्वाधार तथा सेवाको गुणस्तर वर्गीकरणबारे समेत सुझाव मागिएको छ ।
वर्तमान विश्व पर्यटन बजारमा बढ्दो वातावरणीय सचेतना र दिगो विकासको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले ग्रीन हस्पिटालिटीका आधारमा नयाँ मापदण्ड बनाउन लागेको विभागको भनाइ छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4