News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र २४ को घटनासम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
- पौडेलले आयोगले गहिराइमा पुगेर छानबिन गरेको विश्वास व्यक्त गर्दै दोषी देखिएकालाई कारबाही गर्नुपर्ने धारणा राखेका छन्।
- उनले भ्रष्टाचार अन्त्य र सुशासनका लागि नयाँ सरकारलाई पूर्णरुपमा सहयोग गर्ने र लिपुलेक, लिम्पियाधुराका विषयमा कूटनीतिक समाधान खोज्नुपर्ने बताए।
११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री पौडेलले आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले हालसम्म सार्वजनिक नगरेकोप्रति आपत्ति जनाउँदै तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले वर्तमान सरकारको म्याण्डेड निर्वाचन र भदौ २३ र २४ को घटनाको छानविन रहेकाले आयोगको प्रतिवेदन सार्वजनिक नगर्नुले विभिन्न आशंका र उपशंका जन्मिएको बताए ।
पौडेलले भदौ २३ र २४ गतेको घटनामा आयोगले गहिराइमा पुगेर छानबिन गरेको विश्वास व्यक्त गर्दै छानविन गर्दा दोर्षि देखिएकालाई कारावही गर्नुपर्ने धारणा राखे । उनले प्रतिवेदनका बिषयमा अनुमान गर्ने परिस्थीति नवनाउन आग्रह समेत गरे ।
त्यसैगरि महामन्त्री पौडेलले भ्रष्टाचार अन्त्य, सुशासनका साथै विद्यमान कानूनहरुलाई संशोधन गर्नका लागि नयाँ बन्ने सरकारलाई पूर्णरुपमा सहयोग हुने बताए ।
उनले लिपुलेक, लिम्पियाधुराका विषयमा राज्यले कूटनीतिक प्रयास गरेर दिर्घकालीन रुपमा नै समाधान खोज्नुपर्ने धारणा समेत गरे ।
प्रतिक्रिया 4