+
+
Shares

‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा, हेर्नुस १० मिनेट लामो दृश्यांश

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुने भएको छ र बुढासुब्बा डिजिटलले १० मिनेट लामो ट्रेलर सार्वजनिक गरेको छ।
  • सशान कँडेल सन्तोष निर्देशित फिल्म गतवर्षको हिट फिल्म हो जसमा कलेज जीवनको प्रेम, मित्रता र धोका समेटिएको छ।
  • फिल्ममा टिकटकबाट चर्चित कुल ब्वाय पारस बम र सिम्रन पन्तले शीर्ष भूमिका निभाएका छन् र यो सबै कलाकारको डेब्यू फिल्म हो।

काठमाडौं । कुल ब्वाय र सिम्रन पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुने भएको छ । बुढासुब्बा डिजिटलले १० मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै फिल्म आउने जनाएको हो ।

सशान कँडेल सन्तोष निर्देशित फिल्म गतवर्षको हिट फिल्म हो । कलेज जीवनको प्रेम, मित्रता र धोकाको कथावस्तुमा आधारित यो फिल्मलाई विशेषगरि युवा दर्शकले रुचाएका थिए ।

फिल्मको मुख्य भूमिकामा नयाँ पुस्ताका कलाकार सामेल छन् । टिकटकबाट चर्चामा आएका दुई कन्टेन्ट क्रिएटरहरू कुल ब्वाय ‘पारस बम’ र सिम्रन पन्तको यसमा शीर्ष भूमिका छ ।

साथै, ‘भ्वाइस अफ नेपाल’ फेम्ड गायक रिहान गिरी, र आशिष घिमिरेको यसमा अभिनय छ । यी सबै कलाकारको यो डेब्यू फिल्म हो । आशिष चर्चित कलाकार केदार घिमिरे माग्ने बुढाका छोरा हुन् ।

हल रिलिजको एकवर्षपछि यो फिल्मलाई इन्टरनेट प्लाटफर्ममा ल्याउन लागिएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?