+
+
Shares

ओली निवास गुण्डुमा बाक्लो संख्यामा प्रहरी

त्यस्तै, निवास बाहिर केही संख्यामा कार्यकर्ताहरू पनि पुगेका छन् । विभिन्न गाडीहरू ओलीको निवास वरपर रोकिएका छन् ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ चैत १४ गते ४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा प्रहरीको बाक्लो संख्या जम्मा भएको छ र कार्यकर्ता पनि भेला भएका छन्।
  • नयाँ सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।
  • गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखसँग रातभर छलफल गरिरहेका छन् र प्रहरीले लिखित आदेश माग गरेको छ।

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बाक्लो संख्यामा प्रहरी जम्मा भएका छन् ।

पक्राउ पर्नसक्ने हल्लाबीच भक्तपुरको गुण्डुस्थित निवासमा रातभर कार्यकर्ता र नेताहरु जम्मा भएका थिए ।

त्यस्तै, निवास बाहिर केही संख्यामा कार्यकर्ताहरू पनि पुगेका छन् । विभिन्न गाडीहरू ओलीको निवास वरपर रोकिएका छन् ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरिरहेका छन् ।

प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको छ । मध्यराति कानुन मन्त्रालयका सचिवसमेतलाई नक्सालस्थित हेडक्वार्टर झिकाइएको थियो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । यद्यपि सरकारले उक्त प्रतिवेदन भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।

तर, उक्त प्रतिवेदनको अंश भने सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?