+

दशौं पीएम कप एनभीए भलिबल १० वैशाखदेखि, विजेतालाई १० लाख पुरस्कार

२०८२ चैत  १४ गते १४:२८ २०८२ चैत १४ गते १४:२८
दशौं पीएम कप एनभीए भलिबल १० वैशाखदेखि, विजेतालाई १० लाख पुरस्कार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल संघले १० वैशाखदेखि दशौं प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिग आयोजना गर्ने भएको छ ।
  • प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी कुल १४ टोलीको सहभागिता रहनेछ ।
  • विजेताले १० लाख, उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

१४ चैत, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दशौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आउँदो १० वैशाखदेखि हुने भएको छ ।

१९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‍ (राखेप) को कभर्डहलमा हुने यस प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी कुल १४ टोलीको सहभागिता रहनेछ ।

पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपीएफ, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम, कोशी प्रदेश र बुढानिलकण्ठ क्लब सहभागी हुनेछन् । महिलातर्फ न्यू डायमण्ड, नेपाल प्रहरी, एपीएफ, सुदूरपश्चिम, एभरेष्ट क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान पुरस्कार राखिएको छ । विजेताले १० लाख, उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। यो भलिबल खेलकै इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार हो ।

यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार तथा उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ । काठमाडौं बाहिरका टोलीका खेलाडीलाई दैनिक १२०० रुपैयाँ र उपत्यकाभित्रका खेलाडीलाई ३०० रुपैयाँ खाजा खर्च उपलब्ध गराइने बताइएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साथै, प्रत्येक टोलीले बढीमा ३ जना विदेशी खेलाडी सहभागी गराउन पाउने व्यवस्था गरिएको छ।

दशौं पीएम कप भलिभल पीएम कप एनभीए भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय