News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ८६ हजार रुपैयाँ तोकेको छ।
- सुनको भाउ विगत एक सातामा ४ हजार रुपैयाँले वृद्धि भएको छ।
- चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँ पुगेको छ।
१५ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८६ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ४ हजार रुपैयाँ बढेको छ । गत आइतबार २ लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७२० रुपैयाँमा झरेको छ । एक साताअघि गत आइतबार चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4