News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'पार्वती' ले छायांकन सुरु नहुँदै १२ भदौदेखि प्रदर्शन हुने मिति घोषणा गरेको छ।
- निर्देशक नीता ढुंगानाले वितरकसँगको सल्लाह अनुसार प्रदर्शन मिति तय भएको बताउनुभयो।
- फिल्ममा नीता ढुंगाना, दीपाश्री निरौला, अशोक दर्जी लगायतको अभिनय हुनेछ र छायांकन २४ चैतदेखि सुरु हुनेछ।
काठमाडौं । नीता ढुङ्गाना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्म ‘पार्वती’ ले छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरेको छ । प्रेषित विवरणमा जनाइएअनुसार, यो फिल्म जनैपूर्णिमा र रक्षाबन्धन छेकोमा १२ भदौदेखि प्रदर्शन हुनेछ ।
छायांकन २४ चैतदेखि सुरु हुने उल्लेख छ । निर्देशक नीता ढुंगानाले वितरकसँगको सल्लाह बमोजिम प्रदर्शन मिति तय भएको बताइन् । शीर्ष भूमिकामा ढुंगाना स्वयम देखिनेछिन् ।
उनीसहित दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी, राजेन्द्र नेपाली, आशा पौडेलको पनि अभिनय हुनेछ । पटकथा शिवम अधिकारीले लेखेका हुन् ।
सुदीप बरालको छायांकन हुने फिल्ममा ‘कार्टुन्ज क्रू’ का डान्सर समेत रहेका सरोज अधिकारीले पहिलोपटक क्रिएटिभ निर्देशकको रुपमा फिल्म यात्रा सुरु गर्दैछन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4