+
+
Shares

क्वान्टम फिजिक्सको अपूर्व खोज : हिलियमका परमाणुहरू इनट्यान्गल्ड अवस्थामा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियन नेसनल युनिभर्सिटीका वैज्ञानिकहरूले इतिहासमै पहिलो पटक हीलियमका परमाणुहरू एकै समयमा दुई फरक स्थानमा अस्तित्वमा रहेको फेला पारेका छन्।
  • यो खोजले करिब एक शताब्दी पुरानो क्वान्टम भविष्यवाणीलाई प्रमाणित गरेको छ र 'नेचर कम्युनिकेसन' जर्नलमा प्रकाशित भएको छ।
  • यो सफलताले क्वान्टम मेकानिक्स र गुरुत्वाकर्षणबीचको सम्बन्ध बुझ्न मद्दत गर्ने र 'थ्योरी अफ एभ्रिथिङ' पत्ता लगाउन बलियो आधार खडा गर्ने विश्वास गरिएको छ।

१७ चैत, काठमाडौं ।अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) का क्वान्टम भौतिकशास्त्रीहरूले ब्रह्माण्डको एउटा निकै अनौठो र जटिल नियमलाई प्रत्यक्ष अवलोकन गरेर विज्ञान जगतमा हलचल पैदा गरेका छन्।

उनीहरूले इतिहासमै पहिलो पटक ‘हिलियम’ का परमाणुहरू एकै समयमा दुई फरक स्थानमा अस्तित्वमा रहेको (इनट्यान्गल्ड इन मोसन ) फेला पारेका हुन्।

‘नेचर कम्युनिकेसन’ जर्नलमा प्रकाशित यस अनुसन्धानका प्रमुख लेखक योगेश श्रीधर र डा. सिन हजम्यानका अनुसार, यो सफलताले करिब एक शताब्दी पुरानो क्वान्टम भविष्यवाणीलाई प्रमाणित गरेको छ।

यसअघि यस्तो प्रयोग ‘फोटोन’ (प्रकाशका कण) मा मात्र सफल भएको थियो, तर हीलियम परमाणुहरूमा पिण्ड हुने र यिनीहरूमा गुरुत्वाकर्षणले असर गर्ने हुनाले यो खोज निकै महत्त्वपूर्ण मानिएको छ।

‘एउटा कण एकैसाथ दुई ठाउँमा हुन सक्छ र यसले आफैँसँग ‘इन्टरफेयर’ गर्न सक्छ भन्ने कुरा पाठ्यपुस्तकमा पढ्न त पाइन्थ्यो, तर यसलाई प्रत्यक्ष देख्नु वास्तवमै अद्भुत छ,’ डा. हजम्यानले भने।

यो खोजले सानो स्तरको ‘क्वान्टम मेकानिक्स’ र ठूलो स्तरको ‘गुरुत्वाकर्षण’ बीचको सम्बन्ध बुझ्न मद्दत गर्ने र विज्ञानको बहुप्रतिक्षित ‘थ्योरी अफ एभ्रिथिङ’ पत्ता लगाउन एउटा बलियो आधार खडा गर्ने विश्वास गरिएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?