+
+
Shares

घडियाल गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज   

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार यही चैत १ गतेदेखि गुँड खोज्ने काम सुरु गरिएको हो भने यसलाई वैशाख १० गतेसम्म निरन्तरता दिइने छ ।

रासस रासस
२०८२ चैत १९ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राष्ट्रिय निकुञ्जले चैत १ गतेदेखि राप्ती नदीमा घडियाल गोहीका गुँड खोज्न सुरु गरेको छ।
  • गुँड खोजिसकेपछि अण्डा संकलन गरी गोही प्रजनन केन्द्रमा बच्चा कोर्ने प्रक्रिया सुरु गरिने छ।
  • यस वर्ष निकुञ्जले राप्ती नदीमा मात्र घडियाल गोहीका गुँड खोज्ने निर्णय गरेको छ।

१९ चैत, चितवन । राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष चैत र वैशाखमा घडियाल गोहीको नदीमा गुँड खोजी गरिन्छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार यही चैत १ गतेदेखि गुँड खोज्ने काम सुरु गरिएको हो भने यसलाई वैशाख १० गतेसम्म निरन्तरता दिइने छ ।

यसका लागि बोटे समुदायका दुई जनालाई परिचालन गरिएको उनले बताए ।

गुँड खोजिसकेपछि पुनः कर्मचारी परिचालन गरी अण्डा संकलनको काम सुरु गरिने छ ।

उनले भने, ‘अहिले गुँड पहिचानको काम भइरहेको छ । यस लगत्तै अण्डा सङ्कलनको काम गरिने छ ।’

गुँडमा रहेका अण्डा संकलन गरी कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिने उनले जानकारी दिए । यसअघिका वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोज्न लागिएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?