+

अस्ट्रेलियाले १२ वर्षपछि सेप्टेम्बरमा जिम्बाबे भ्रमण गर्दै

२०८२ चैत  १९ गते १४:४६ २०८२ चैत १९ गते १४:४६
अस्ट्रेलियाले १२ वर्षपछि सेप्टेम्बरमा जिम्बाबे भ्रमण गर्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलिया र जिम्बाब्वेबीच सेप्टेम्बरमा हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा तीन खेलको एकदिवसीय शृंखला हुने भएको छ।
  • यो सिरिज आगामी विश्वकपको तयारीका रूपमा महत्वपूर्ण मानिएको छ र सबै खेल एउटै मैदानमा हुनेछन्।
  • अस्ट्रेलियाले आफ्नो कमजोरी सुधार्न र विश्वकपका लागि तयारी मजबुत बनाउन यो अवसर प्रयोग गर्नेछ।

१९ चैत, काठमाडौं । अस्ट्रेलिया र जिम्बाब्वेबीच सेप्टेम्बरमा तीन खेलको एकदिवसीय शृंखला हुने भएको छ । खेलहरू हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछन् ।

यो सिरिज अर्को वर्ष जिम्बाबे, दक्षिण अफ्रिका र नामिबियामा हुने विश्वकपको तयारीका रूपमा निकै महत्वपूर्ण मानिएको छ । सबै खेल एउटै मैदानमा हुने हुँदा अस्ट्रेलियाले त्यहाँको अवस्था बुझ्ने राम्रो मौका पाउने क्रिकेट अस्ट्रेलियाले जनाएको छ।

पछिल्लो समय जिम्बाबेले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ र यस वर्षको टी-२० विश्वकपमा अस्ट्रेलियालाई हराउँदै समूह चरणमा अपराजित रहँदै आफूलाई बलियो टोलीका रूपमा स्थापित गरेको थियो।

अस्ट्रेलियाले सन् २०२३ मा भारतलाई हराउँदै ओडिआई विश्वकप जिते पनि टी-२० विश्वकपमा भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन, त्यसैले यो भ्रमण टोलीका लागि आफ्नो कमजोरी सुधार गर्ने र आगामी विश्वकपका लागि तयारी मजबुत बनाउने अवसर हुनेछ।

राष्ट्रिय छनोटकर्ता जर्ज बेलीले पनि द्विपक्षीय सिरिजमा राम्रो प्रदर्शन भए पनि विश्वकपमा त्यसलाई दोहोर्‍याउन नसकिएको भन्दै टोलीले अझ सुधार गर्नुपर्ने बताएका छन्।

अस्ट्रेलिया क्रिकेट जिम्बाबे क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय