News Summary
Generated by OK AI. Editorially reviewed.- एजी १० फुटबल एकेडेमीले एजी १० फुटबल क्याम्प सुरु गरेको छ ।
- ललितपुरको च्यासल रंगशालामा सुरु भएको क्याम्प बैशाख ३ गतेसम्म सञ्चालन हुनेछ ।
- फुटबल क्याम्पमा ६ देखि १६ वर्ष उमेरका ३५ जना सहभागी छन् र हरेक दिन बिहान ८ देखि १० बजेसम्म प्रशिक्षण हुनेछ ।
२३ चैत, काठमाडौं । एजी १० फुटबल एकेडेमीले एजी १० फुटबल क्याम्प सुरु गरेको छ ।
सोमबारदेखि ललितपुरको च्यासल रंगशालामा सुरु भएको फुटबल क्याम्पमा ३५ जनाको सहभागिता छ ।
यो क्याम्प चैत २३ देखि २०२८३ बैशाख ३ गतेसम्म कूल ११ दिन सञ्चालन हुने एजी १० फुटबल एकेडेमीका प्रमुख तथा राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङले जानकारी दिए ।
क्याम्पमा हरेक दिन बिहान ८ देखि १० बजेसम्म ट्रेनिङ हुनेछ । क्याम्पमा ६ देखि १६ वर्ष उमेर सम्मका खेलाडीले सहभागिता जनाएका छन् ।
सीप विकास, फिटनेसमा सुधार, खेलको बारेमा जानकारी, अनुशासन र टिमवर्क र रमाइलो वातावरणमा सिकाउने उदेश्यका साथ यो क्याम्प सञ्चालन गरिएको हो ।
खेलाडीहरुलाई राष्ट्रिय महिला टिमका पूर्व प्रशिक्षक राजेन्द्र तामाङ, राष्ट्रिय टिमका गोलकिपर प्रशिक्षक विनोद डंगोल, राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङसँगै समिर विष्ट र सुबित कार्कीले प्रशिक्षण गराउनेछन् ।

तस्बीर : एजी १० फुटबल एकेडेमी
प्रतिक्रिया 4