+
+
Shares

राष्ट्रिय सभाका चार विषयगत समितिको सभापति चयन

संघीय संसद्‌अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १५:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद् राष्ट्रिय सभाका चार विषयगत समितिमा मंगलबार निर्विरोध रुपमा सभापति चयन भएका छन्।
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन्।
  • सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल, विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया निर्वाचित भएका छन्।

२४ चैत, काठमाडौं । संघीय संसद्‌अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन गरिएको छ ।

मंगलबार चार वटै समितिहरुले निर्विरोध रुपमा सभापति चयन गरेको हो । सिंहदरबारमा बसेको सम्बन्धित समितिको छुट्टा छुट्टै बैठकमा दलबीच सहमतिका आधारमा सभापति चयन गरिएको हो ।

जस अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् । उनको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा), समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला रहेका थिए ।

त्यस्तै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा, समर्थकमा दुर्गाकुमारी गुरुङ रहेका थिए ।

त्यसैगरि विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल निर्वाचित भए । उनको प्रस्तावकमा नारायणदत्त भट्ट, समर्थकमा जगत तिमल्सिना थिए ।

त्यस्तै विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । उनको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा गीता देवकोटा रहेका थिए । गत फागुन २० गतेदेखि चार समितिका सभापतिको पद रिक्त रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?