News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मगर महिला संघ केन्द्रीय समितिले २७ देखि २९ चैतसम्म काठमाडौंमा आठौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने जानकारी गराएको छ।
- महाधिवेशनको मूल नारा “आदिवासी मगर महिलाको अभियान, आत्मनिर्णयको अधिकार सहितको पहिचान” तय गरिएको छ।
- अध्यक्ष हिरुसरा रानाले उद्घाटन राष्ट्रिय सभागृहमा र समापन पर्यटन बोर्ड, भृकुटीमण्डपमा हुने जानकारी दिइन्।
२५ चैत, काठमाडौं । नेपाल मगर महिला संघ केन्द्रीय समितिले आठौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले २७ चैतदेखि काठमाडौंमा महाधिवेशन गर्ने जानकारी गराएको हो ।
समितिका अनुसार महाधिवेशनको मूल नारा “आदिवासी मगर महिलाको अभियान, आत्मनिर्णयको अधिकार सहितको पहिचान” भन्ने तय गरिएको छ ।
संघकी अध्यक्ष हिरुसरा रानाका अनुसार उद्घाटन कार्यक्रम काठमाडौंस्थित राष्ट्रिय सभागृहमा हुनेछ भने समापन २९ चैतमा पर्यटन बोर्ड, भृकुटीमण्डपमा गरिनेछ ।
कार्यक्रम बागमती प्रदेशका विभिन्न प्रतिनिधि, संघसंस्थाका अगुवा, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने उनले जानकारी दिइन् ।
महिलाहरूको हकअधिकार, समानता र पहिचानका मुद्दालाई केन्द्रमा राख्दै महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4