News Summary
Generated by OK AI. Editorially reviewed.- इरानले अमेरिकासँग दुई हप्ते युद्धविरामको घोषणापछि कुवेत र यूएईमा ड्रोन र मिसाइल आक्रमण गरेको छ।
- इरानको लावन द्वीपमा भएको हवाई हमलाको जवाफस्वरुप इरानले छिमेकी देशका ऊर्जा केन्द्रलाई निसाना बनाएको हो।
- कुवेतले २८ ड्रोनमध्ये केही रोक्न सफल भएको र यूएईले आफ्नो वायु रक्षा प्रणालीबाट मिसाइल रोकिएको पुष्टि गरेको छ।
काठमाडौं । अमेरिकासँग दुई हप्ते युद्धविरामको घोषणापछि पनि इरानले कुवेत र यूएईमा आक्रमण गरेको छ ।
इरानको सरकारी टेलिभिजनका अनुसार बुधबार कुवेत र यूएईलाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार भएको छ ।
बुधबार इरान, अमेरिका र इजरायलबीच दुई हप्ताका लागि युद्धविराम भएको थियो । त्यसको केही घण्टामै इरानले स्ट्रेट अफ होर्मुजको उत्तरतिर पर्ने इरानको लावन द्वीपमा भएको हवाई हमलाको जवाफस्वरुप कुवेत र यूएईमा हमला गरेको जानकारी दिएको थियो ।
इरानको लावन द्वीपमा भएको हवाई हमलाबाट तेल पूर्वाधारमा क्षति भएको थियो । इरानको तेल मन्त्रालयका अनुसार लावन द्वीपमा भएको आक्रमणका कारण तेल प्रशोधन प्लान्टमा आगो लागेको थियो । त्यलगत्तै जवाफी कारबाही सुरु गर्दै इरानले छिमेकी देशका ऊर्जा केन्द्रलाई निसाना बनाएको हो ।
कुवेतको सेनाका अनुसार इरानले प्रहार गरेका २८ ड्रोनलाई बीचमै रोकिएको छ । यद्यपि केही आक्रमणबाट बिजुली केन्द्र र जल विलवणीकरण संयन्त्रजस्ता महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ ।
जल विलवणीकरण संयन्त्रले समुद्रको नुनिलो पानीलाई प्रशोधन गरी पिउन र अन्य काममा प्रयोगयोग्य बनाउँछ ।
यसैगरी यूएईले पनि आफ्नो वायु रक्षा प्रणालीबाट इरानी मिसाइललाई रोकेको पुष्टि गरेको छ ।
प्रतिक्रिया 4