News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल हक्की संघले राष्ट्रिय पुरुष र महिला हक्की टिमका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।
- राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य राम चरित्र मेहताले हक्की खेलको विकासमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
- नेपाल हक्की संघले राष्ट्रिय टिमका लागि २६-२६ खेलाडीको सूची सार्वजनिक गरेको छ।
२७ चैत, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष र महिला हक्की टिमले लगाउने जर्सी सार्वजनिक भएको छ ।
नेपाल हक्की संघले शुक्रबार रोएल टुलिप होटलमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य राम चरित्र मेहता र नेपाल हक्की संघका अध्यक्ष अनिल प्रसाद शर्माले संयुक्त रुपमा हक्की टिमको जर्सी अनावरण गरेका हुन् ।
हक्की संघले पुरुष टिमका लागि रातो र महिला टिमका लागि पिंक रङको जर्सी सार्वजनिक गरेको छ ।
जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव मेहताले हक्की संघको यो कामको प्रशंसा गर्दै यसले हक्की खेललाई चिनाउन मदत पुग्ने विश्वास व्यक्त गरे ।

मेहताले राखेपले हक्की खेलको विकास र पूर्वाधार निर्माणका लागि सक्दो सहयोग गर्दै आएको बताए । यस्तै नेपाल हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले हक्की संघले राष्ट्रिय टिमको जर्सी सार्वजनिक गर्दै नयाँ थालनी गरेको र आगामी दिनमा यसले हक्की खेलको बारेमा राम्रो सन्देश दिने बताइन् ।
उनले आगामी दिनमा जर्सी लागि प्रायोजक समेत खोज्ने योजना रहेको जानकारी दिइन् ।
साथै हक्की संघले शुक्रबारै महिला र पुरुषको राष्ट्रिय टिमका लागि २६-२६ खेलाडीको सूची समेत सार्वजनिक गरेको छ ।
गत फागुनमा काठमाडौंमा भएको राष्ट्रिय हक्की प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा हक्की संघले राष्ट्रिय टिम छनोट गरेको महासचिव श्रेष्ठले जानकारी दिइन् ।


प्रतिक्रिया 4