News Summary
Generated by OK AI. Editorially reviewed.- टोटनहम हटस्परले नयाँ प्रशिक्षक रोबर्टो डे जर्बी आएपछि पहिलो खेलमै सन्डरल्यान्डसँग १–० ले पराजित भएको छ।
- टोटनहमको प्रिमियर लिगमा जितविहीन यात्रा १४ खेलसम्म पुगेको छ र टिम १८औं स्थानमा छ।
- खेलमा कप्तान क्रिस्टियन रोमेरो घाइते भएर मैदान छाड्नुपरेको थियो र सिजनमा ६ खेल मात्र बाँकी छन्।
२९ चैत, काठमाडौं । नयाँ प्रशिक्षक रोबर्टो डे जर्बी आएपछिको पहिलो खेलमै टोटनहम हटस्पर सन्डरल्यान्डसँग १–० ले पराजित भएको छ ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार बेलुका भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ६१औं मिनेटमा नर्दी मुकिएले गरेको गोल निर्णायक बन्यो।
उनको प्रहार टोटनहमका डिफेन्डर मिकी भान डे भेनलाई लागेर डिफ्लेक्ट हुँदै गोल भएको थियो । त्यसपछि कुनै गोल भएनन् ।
यो हारसँगै टोटनहमको प्रिमियर लिगमा जितविहीन यात्रा १४ खेलसम्म पुगेको छ । सन् २०२६ मा टिमले अहिलेसम्म कुनै जित निकाल्न सकेको छैन ।
खेलका क्रममा कप्तान क्रिस्टियन रोमेरो घाइते भई मैदान छाड्नुपरेको थियो, जसले टिमलाई थप कमजोर बनायो ।
हारपछि टोटनहम रेलिगेसन जोनमा झरेको छ र ३२ खेलमा ३० अंकसहित १८औं स्थानमा छ । सन्डरल्यान्ड भने ४६ अंकसहित १०औं स्थानमा उक्लिएको छ ।
टोटनहम १७औं स्थानको वेस्ट ह्यामभन्दा २ अंकले पछि परेको छ । सिजन सकिन अब ६ खेल मात्र बाँकी हुँदा टिममाथि दबाब बढेको छ ।
प्रतिक्रिया 4