+

गोलबजार मेयर गोल्ड कपको उपाधि उदयपुरलाई

२०८२ चैत  ३० गते ७:४५ २०८२ चैत ३० गते ७:४५
गोलबजार मेयर गोल्ड कपको उपाधि उदयपुरलाई

३० चैत, सिरहा । नवौं गोलबजार मेयर गोल्ड कप २०८२ को उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ । फाइनल खेलमा सल्हेश युवा क्लब सिरहालाई २-१ ले पराजित गर्दै उदयपुरले उपाधि उचालेको हो ।

खेलको सुरुवातमै सिरहाले अग्रता लिए पनि उदयपुरका जर्सी नम्बर ८ का पुजन चौधरीले पहिलो हाफमै दुई गोल गर्दै टिमलाई जित दिलाए । उत्कृष्ट प्रदर्शनका लागि उनी नै फाइनलका ‘म्यान अफ द म्याच’ घोषित भए ।

उपाधिसँगै उदयपुरले ४ लाख ४४ हजार ४४४ रुपैयाँ नगदसहित कप प्राप्त गरेको छ भने उपविजेता सिरहाले २ लाख २२ हजार २२२ रुपैयाँ र कपमा चित्त बुझाएको छ ।

प्रतियोगितामा अन्य विधागत उत्कृष्ट खेलाडीहरू पनि सम्मानित भए। उत्कृष्ट गोलरक्षक शौरव बराल (उदयपुर), उत्कृष्ट डिफेन्डर कुलदिप खड्का (सिरहा), सर्वाधिक गोलकर्ता शिशिर लेखी (झापा), उत्कृष्ट प्रशिक्षक देबिन मगर (उदयपुर), उत्कृष्ट खेलाडी सुदिप श्रेष्ठ तथा उत्कृष्ट मिडफिल्डर सुजल डंगोल घोषित भए। उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

फाइनल खेलका प्रमुख अतिथि प्रदेशसभा सदस्य मनोज कुमार सिंहले खेलकुदले युवालाई कुलतबाट जोगाउने र स्वस्थ बनाउने उल्लेख गर्दै सिरहामा खेलकुद विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।

त्यसैगरी गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठले नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा निरन्तर लगानी गर्दै आएको र आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने बताए ।

चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी, मधेश र बागमती प्रदेशका ८ क्लब सहभागी थिए। प्रतियोगिताका लागि नगरपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

गोलबजार मेयर गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय