+
+
Shares

सरकारमा आउनुअघि भ्रष्टाचार नगरी कमाउनु ‘पाप’ होइन : गृहमन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले सरकारमा आउनुअघि कमाएको सम्पत्ति कुनै पाप नभएको टिप्पणी गरेका छन्।
  • गुरुङले इन्स्टाग्राममा \'सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो\' भनेका छन्।
  • उहाँले गरिब भएर जन्मनु गल्ती नभएको तर मृत्यु हुँदा गरिब हुनु गल्ती हुने उल्लेख गरेका छन्।

३० चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू सरकारमा आउनुअघि कमाएको सम्पत्ति कुनै ‘पाप’ नभएको टिप्पणी गरेका छन् ।

आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहितका सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको थियो । उनीहरूको सम्पत्ति विवरणमा खासगरी सुन, चाँदी लगायतका गरगहनाबारे सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

आलोचना बढ्दै गएपछि गुरुङले आफ्नो अफिसियल इन्स्टाग्राममार्फत यस्तो टिप्पणी गरेका हुन् ।

गुरुङले कुनै मान्छे गरिब भएर जन्मनु गल्ती नभएको भन्दै मृत्यु हुँदा गरिब भएर मर्नु चाहिँ गल्ती हुने बताएका छन् ।

‘तिमी जन्मिंदा गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो,’ गुरुङले इन्स्टाग्रामको स्टोरीमा एक स्टाटस राख्दै भनेका छन्, ‘सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो ।’

उनले ह्यासट्याग प्रयोग गर्दै ‘चेतना भया’ भनेर पनि लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?