३० चैत, काठमाडौं । हिरासतबाट फरार भएका लोब्साङ बोम्जन पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोम्जनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो । सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय बोम्जन जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त बौद्धको हिरासतबाट फरार भएका थिए ।
पक्राउ परेका उनलाई वृत्त बौद्धको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए । उनले १२ साउन २०८२ मा जोरपाटीमा जितबहादुर मोक्तानलाई खुकुरी प्रहार गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4