२ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबैजसो मन्त्रीहरूले आ–आफ्नो सम्पत्ति विवरणको स्रोत खोलेको बताएका छन् ।
बुधबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले ०६२/०६३ यता अहिलेसम्म राजनीतिक पदमा बसेका सबैको सम्पत्ति छानबिन हुने पनि बताए ।
‘स्रोत धेरैजसोमा खोलेकै देखिन्छ । यसै पनि हामीले ०६२ ०६३ देखि आजसम्म प्रमुख राजनीतिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न समिति बनाएका छौं,’ पोखरेलले भने, ‘अहिलेको सरकारले जसरी पारदर्शी रुपमा आफ्नो सम्पत्ति विवरण खुलाउनुभएको छ । यसअघि ०६२ ०६३ देखि आजसम्म उच्च राजनीतिक पदमा बस्नुभएका सबैको सम्पत्ति छानबिन गर्न हामीले समिति बनाएका नै छौं ।’
प्रतिक्रिया 4