+
+
Shares

२०८२ काे अन्तिम भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा हुने यो सम्मेलनले नेपाली सेनामा कार्यरत कर्मचारी, पूर्व कर्मचारी, कर्मचारीका परिवारलाई एक ठाउँमा बोलाएर विविध कार्यक्रम गर्ने गर्दछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते १५:१२

५ वैशाख, काठमाडौं । भूतपूर्व सैनिक सम्मेलन–२०८२ अन्तर्गतको अन्तिम चरणको सम्मेलन पनि सकिएको छ । शनिबार मध्यपूर्वी पृतनाअन्तर्गत रामेछापको ब्यारेकमा सम्मेलन सकिएसँगै २०८२ मा सबै भूतपूर्व सम्मेलन सकिएका हुन् ।

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा हुने यो सम्मेलनले नेपाली सेनामा कार्यरत कर्मचारी, पूर्व कर्मचारी, कर्मचारीका परिवारलाई एक ठाउँमा बोलाएर विविध कार्यक्रम गर्ने गर्दछ ।

यस प्रकारको कार्यक्रमले सेवारत र अवकाश प्राप्त सैनिक बीचको सम्बन्धलाई निरन्तरता दिँदै कल्याणकारी कोषको स्थायित्व एवं गुणात्मक सेवा प्रदान गर्न उपयुक्त तथा व्यवहारिक सुझाव संकलन हुने सेनाले बताउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?