+

२५औं आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन

२०८३ वैशाख  ६ गते १५:५५ २०८३ वैशाख ६ गते १५:५५
२५औं आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २५औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा नेपाल आर्मी टिमले १९ स्वर्णसहित च्याम्पियन बनेको छ ।
  • प्रतियोगितामा आर्मीका सुमन मरासिंगी मगर र रिना धिमाल उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
  • यू-१५ आइटीएफ प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्थान हासिल गरेको छ ।

६ वैशाख, काठमाडौं । २५औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता नेपाल आर्मी टिम च्याम्पियन बनेको छ ।

नेपाल अन्तर्रास्ट्रिय तेक्वान्दो महासंघ (एनआइटीएफ) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न दुईदिने प्रतियोगितामा आर्मीले १९ स्वर्ण, ४ रजत र ९ कांस्य जितेर च्याम्पियन बनेको हो ।

यस्तै बागमती ७ स्वर्ण १० रजत र ९ कांस्यसहित दोस्रो हुँदा एपीएफ ४ संवरण, ७ रजत र ६ कांस्य जितेर तेस्रो भयो । व्यक्तिगततर्फ पनि आर्मीकै खेलाडी उत्कृष्ट भए ।

आर्मी सुमन मरासिंगी मगर पुरुषतर्फ र रिना धिमाल महिलातर्फ उत्कृष्ट खेलाडी बने । सुमनले ३ र रिनाले ५ स्वर्ण जिते ।

विभिन्न विधाअन्तर्गत खेलाडीहरूले एकल स्पारिङ, एकल प्याटर्न, समूह स्पारिङ, समूह प्याटर्न तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा गरेका थिए ।

यस्तै दोस्रो यु-१५ आइटीएफ प्रतियोगिता मा बागमती पहिलो, लुम्बिनी दोस्रो र कर्णाली प्रदेश तेस्रो भयो ।

बागमतीले ९ स्वर्ण ५ रजत र ७ कांस्य, लुम्बिनीले ४ स्वर्ण ६ रजत र ७ कांस्य तथा कर्णालीले ४ स्वर्ण ५ रजत र ७ कांस्य जित्यो ।

यू-१५ मा पुरुषतर्फ गण्डकीका सचिन कुमाल र महिलातर्फ बागमतीका आकृति नेपाल उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा जुनियर र सिनियरमा प्याटर्न र स्पाइरिङमा गरी कुल दुई सय जना खेलाडीले प्रतिस्पर्धा गरेको महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए ।

प्रतियोगितामा सातै प्रदेशसहित नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ गरी कुल ९ टोलीको सहभागिता थियो ।

आइटीएफ तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय