+
+
WC Series
Nepal
0/0
VS
UAE
0/0
Shares

रविविरुद्धको मुद्दामा आउँदो बिहीबार सुनुवाइ

सर्वोच्च अदालतको संयुक्त इजलासले गम्भीर कानुनी प्रश्न समेटिएको विवाद भन्दै मुद्दालाई पूर्ण इजलासमा पेश गर्न राय दिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुनेछ।
  • सर्वोच्च अदालतको संयुक्त इजलासले गम्भीर कानुनी प्रश्न समेटिएको भन्दै मुद्दालाई पूर्ण इजलासमा पेश गर्न राय दिएको थियो।
  • सुनुवाइ आउँदो बिहीबार तीन सदस्यीय पूर्ण इजलासमा हुनेछ र सर्वोच्च अदालत प्रशासनले बिहीबारका लागि मुद्दाको पेशी तोकेको छ।

८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनमाथि बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतको संयुक्त इजलासले गम्भीर कानुनी प्रश्न समेटिएको विवाद भन्दै मुद्दालाई पूर्ण इजलासमा पेश गर्न राय दिएको थियो । त्यसपछि निवेदन पेशीमा चढेको थिएन ।

सर्वोच्च अदालत प्रशासनले बिहीबारका लागि मुद्दाको पेशी तोकेको हो । आउदो विहीबार तीन सदस्यीय पूर्ण इजलासमा मुद्दामाथि सुनुवाइ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?