News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले रुवान्डालाई २ विकेटले पराजित गर्दै आइसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा लगातार दोस्रो जित हात पारेको छ।
- नेपालले ८९ रनको लक्ष्य दुई बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गरेको हो।
- रुवान्डाले दिएको ८८ रनमा अलआउट हुँदा रचना चौधरीले ३ विकेट लिइन् र सम्झना खड्काले अविजित ४८ रन बनाइन्।
९ वैशाख, काठमाडौं । रुवान्डामा भइरहेको आइसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपाली महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ ।
नेपालले बुधबार घरेलु टोली रुवान्डालाई २ विकेटले पराजित गरेको हो । दोस्रो जितपछि नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । रुवान्डाको चार खेलमा यो दोस्रो हार हो ।
नेपालको जितपछि रुवान्डा, नेपाल र इटलीको समान ४ अंक भएको छ । नेटरन रेटको आधारमा रुवान्डा शीर्ष स्थानमा छ भने नेपाल दोस्रो र इटली तेस्रो स्थानमा छ ।
रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले दुई बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४८ रन बनाइन् ।
यस्तै उपकप्तान पुजा महतोले १३ र विन्दु रावलले १० रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालले उत्कृष्ट सुरुवात गर्दा कुनै बेला जितका लागि ४५ बलमा १५ रन मात्र आवश्यक थियो र ९ विकेट हातमा थियो । तर १३औं ओभरको चौथो बलमा सम्झना खड्का आउट भएपछि नेपालले लगातार विकेट गुमायो । सम्झनासहित नेपालले बीचमा ७ विके६ गुमाउँदा १९ ओभरमा ८६-८ को अवसथ्ामा पुगेको थियो । त्यसपछि नवौँ नम्बरमा ब्याटिङ गरेकी रचना चौधरीले अविजित ९ रन बनाउँदै नेपालाई जित दिलाइन् ।
रुवान्डाकी जिओभानिस उवासेले ३ विकेट लिइन्मा ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुवान्डाले १९.४ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा अलआउट भएको थियो । रुवान्डाकी अलिस इकुज्वेले १७ रन बनाइन् ।
नेपालकी रचना चौधरीले ३ विकेट लिइन् । कविता कुोर र पुजा महतोले २-२ विकेट लिए ।
नेपालकी सम्झना खड्का प्लेअर अफ दि म्याच घोषित भइन् ।
नेपालले अब आप्नो चौथो खेल आउने शुक्रबचार भाुनआटुसँग खेल्नेछ ।

प्रतिक्रिया 4