+

ओमानसँग नेपाल ए ७० रनले पराजित

२०८३ वैशाख  ९ गते १७:०० २०८३ वैशाख ९ गते १७:००
ओमानसँग नेपाल ए ७० रनले पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ए टोलीले माथिल्लो मुलपानी क्रिकेट मैदानमा ओमानसँगको अभ्यास एकदिवसीय खेलमा ७० रनले हार बेहोरेको छ ।
  • ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा २१० रनमा अलआउट भयो ।
  • ओमानका मुजिबुर अलीले ७२ तथा शकील अहमदले ३ विकेट लिए भने नेपालका आकाश चन्दले ४ विकेट लिए ।

९ वैशाख, काठमाडौं । नेपाल ए टोलीले ओमानसँगको अभ्यास एकदिवसीय खेलमा हार बेहोरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ओमान ७० रनले विजयी भएको हो ।

ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा २१० रनमा अलआउट भयो । नेपालका लागि इशान पान्डेले ५२ तथा कप्तान अनिल साहले ५० रन बनाए ।

देव खनालले ४३ अनि तृतराज दासले ३१ रन बनाए । राम्रो सुरुवात गरेर एक समय १७७-२ को अवस्थामा भएपनि ब्याटिङ कोल्याप्स हुँदा थप ३३ रनमा ८ विकेट गुमाएको हो ।

ओमानका लागि शकील अहमदले ३ विकेट लिए भने मुजिबुर अली र नदीम खानले २-२ विकेट लिँदा हस्नेन खानले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर २८० रन बनाएको हो ।

ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ७२ रन बनाए । कप्तान जतिन्दर सिंहले ५८ रन बनाए । हाशिर दाफेदारले ४६, आशिष ओडेराले २७ तथा विनायक शुक्लाले २५ रन बनाए ।

नेपाल ए का आकाश चन्दले ९ ओभरमा ३१ रन दिएर ४ विकेट लिए । सन्तोष यादवले २ तथा शाहब आलम, राशिद खान, शेर मल्लले १-१ विकेट लिए ।

लिग २ शृंखलाको तयारी अनि नेपाल ए को टोलीको एक्सपोजरका लागि अभ्यास एकदिवसीय खेलको आयोजना भएको हो ।

ओमान क्रिकेट नेपाल ए क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय