+

यमालको गोलमा बार्सिलोनाको जित

२०८३ वैशाख  १० गते ८:२२ २०८३ वैशाख १० गते ८:२२
यमालको गोलमा बार्सिलोनाको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोनाले घरेलु मैदानमा सेल्टा भिगोलाई १-० ले पराजित गर्दै ला लिगामा अग्रता ९ अंकसम्म पुर्‍याएको छ।
  • लामिन यमालले ४०औं मिनेटमा पेनाल्टीमार्फत एक मात्र गोल गरे।
  • बार्सिलोनाले ३२ खेलबाट ८२ अंक जोडेको छ भने रियलको ७३ अंक छ।

१० वैशाख, काठमाडौं । लामिन यमालको एक मात्र गोलमा स्पानिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले सेल्टा भिगोलाई १-० ले पराजित गर्दै अग्रता फराकिलो बनाएको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा साँघुरो जितसहित ३ अंक जोडेको हो । यस जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियलमाथि ९ अंकको अग्रता कायम राखेको छ ।

यमालले ४०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । फेरान टोरेसले ५५औं मिनेटमा गोल थपेपनि भीएआरले मान्यता दिएन ।

जितपछि बार्सिलोनाले ३२ खेलबाट ८२ अंक जोडेको छ । दोस्रो स्थानको रियलको समान खेलबाट ७३ अंक छ ।

बार्सिलोना स्पेनिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय