News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको महिला कबड्डी टिमले छैटौं एसियन बिच गेम्स २०२६ मा चाइनिज ताइपेईलाई ४८-३२ ले पराजित गरी विजयी सुरुवात गरेको छ।
- नेपालले पहिलो हाफमा २६-१३ र दोस्रो हाफमा २२-१९ को अग्रता लिँदै खेल जितेको हो।
- नेपालले अब शुक्रबार बंगलादेश र शनिबार थाइल्यान्डसँग खेल्नेछ र महिला कबड्डी र कुस्ती टिम मात्रै प्रतियोगितामा सहभागी छन्।
१० वैशाख, काठमाडौं । चीनको सान्यमा भइरहेको छैटौं एसियन बिच गेम्स २०२६ मा नेपालको महिला कबड्डी टिमले विजयी सुरुवात गरेको छ ।
समूह बी मा रहेको नेपालले बिहीबार चाइनिज ताइपेईलाई ४८-३२ ले पराजित गरेको हो । नेपालले पहिलो हाफमा २६-१३ को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा पनि नेपालले सोही लय कायम राख्दै २२-१९ को अग्रता लिँदै खेल जितेको हो । नेपालले अब शुक्रबार बंगलादेश र शनिबार थाइल्यान्डसँग खेल्नेछ ।
छैटौं बिच गेम्समा नेपालबाट महिला कबड्डी र कुस्ती टिम मात्र सहभागी छ ।
नेपाली टिमको सेभ दि मिसनमा रामकृष्ण श्रेष्ठ बोस छन् ।

प्रतिक्रिया 4