+
+
Shares

साढे १३ करोडमा बिक्यो टाइटानिकको दुर्लभ लाइफ ज्याकेट

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते ११:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टाइटानिक जहाज सन् १९१२ को अप्रिल १४ मा आन्ध्र महासागरमा हिमपहाडसँग ठोक्किएर डुब्यो र २२०० यात्रुमध्ये ७०० जना मात्र बाँच्न सफल भए।
  • टाइटानिक दुर्घटनाबाट बचेकी लाउरा माबेल फ्रांकाटेल्लीले लगाएको लाइफ ज्याकेट बेलायतको हेनरी अल्ड्रिज एण्ड सन लिलामी घरले करिब १३ करोड रुपैयाँमा बिक्री गरेको छ।
  • लाइफ ज्याकेटमा लाउरासँगै बाँच्न सफल अन्य व्यक्तिहरूका हस्ताक्षरहरू पनि छन् र यो ज्याकेट टाइटानिकसँग सम्बन्धित सबैभन्दा प्रतिष्ठित वस्तुमध्ये एक मानिन्छ।

विशाल तथा सुविधासम्पन्न पानीजहाज आरएमएस टाइटानिक एउटा यस्तो जहाज थियो जो कहिल्यै डुब्दैन भन्ने दाबी गरिएको थियो । तर दुर्भाग्यवस आफ्नो पहिलो यात्राकै क्रममा सन् १९१२ को अप्रिल १४ मा आन्ध्र महासागरमा विशाल हिमपहाडसँग डोक्किएर दुर्घटना भयो र डुब्यो । त्यस क्रममा टाइटानिकमा सवार २२०० यात्रुमध्ये केवल ७०० जना मात्र बाँच्न सफल भए ।

सोही टाइटानिक दुर्घटनाबाट बचेकी एक भाग्यमानी महिला यात्रुले लगाएको लाइफ ज्याकेट हालै निकै महंगो मूल्यमा लिलाम भएको छ ।

बेलायतको लिलामी घर हेनरी अल्ड्रिज एण्ड सनले लिलामीमा राखेको उक्त लाइफ ज्याकेट ६ लाख ७० हजार पाउण्ड अर्थात करिब साढे १३ करोड रुपैयाँमा बिक्री भएको छ । लिलामघरले उक्त लिलामीलाई एक जुगमा एकपटक हुने बिक्रीको उपमा दिएको छ ।

यो लाइफ ज्याकेट टाइटानिक त्रासदीका बेला बाँचेका यात्रुले लगाएको एकमात्र त्यस्तो ज्याकेट हो जसलाई लिलामीमा राखिएको थियो।

को थिइन् ज्याकेट लगाउने व्यक्ति ?

उक्त दुर्लभ लाइफ ज्याकेट टाइटानिक यात्री लाउरा माबेल फ्रांकाटेल्लीले लगाएकी थिइन् । उनी सो जहाज यात्राका क्रममा पहिलो श्रेणीकी यात्रु थिइन् । उनी फेसस डिनाइनर लुसी डफ गोर्डनकी सचिव थिइन् । गोर्डन र उनका पतिसँगै लाउरा पनि अमेरिकाको शिकागो जाँदै थिइन् ।

सौभाग्यवस उनीहरू तीनै जनाले दुर्घटनापछि लाइफ ज्याकेट लगाए र लाइफबोटमा चढ्न सफल भए र ज्यान जोगाए ।

लाउरासँगै उक्त लाइफबोटमा चढेर बाँच्न सफल भएका अन्य व्यक्तिहरूका पनि उक्त लाइफ ज्याकेटमा हस्ताक्षरहरू रहेका छन् ।

हेनरी अल्ड्रिज एण्ड सनले हालै टाइटानिक र ह्वाइटस्टार लाइनसँग सम्बन्धित स्मरणीय वस्तुहरूको लिलामी आयोजना गरेको थियो । यसमा उक्त लाइफ ज्याकेट पनि समावेश थियो । लिलामी घरका प्रबन्ध निर्देशकले सो ज्याकेटलाई टाइटानिकसँग सम्बन्धित सबैभन्दा प्रतिष्ठित वस्तुमध्ये एक बताएका छन् ।

उनका अनुसार टाइटानिक ११४ वर्षअघि डुबेको भए पनि जहाजमा सवार प्रत्येक पुरुष, महिला र बालबालिकाको आफ्नै कथा छ । अर्थात् टाइटानिकमा २ हजार २०० भन्दा बढी कथाहरू छन् र ज्याकेटजस्तै अविस्मरणीय वस्तुहरू मार्फत ती कथाहरू प्रस्तुत भएका छन् ।

उक्त ज्याकेट यसअघि बेलायतको टाइटानिक बेलफास्ट तथा अमेरिकाको टेनेसी राज्यको पिजन फोर्जमा अवस्थित विश्वकै ठूलो टाइटेनिक संग्रहालयमा पनि प्रदर्शन गरिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?