११ वैशाख, काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश चन्द्रबहादुर सारूलाई तोक्ने निर्णय गरेको छ ।
गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले सारूलाई सैनिक विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
‘उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारुलाई सो अदालतको कामकाज समेत गर्नेगरी सैनिक विशेष अदालतको अध्यक्ष तोक्ने,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले भने ।
साथै, उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङलाई पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय पनि भएको उनले बताए ।
‘उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङलाई सो अदालतको कामकाज समेत गर्नेगरी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष तोक्ने,’ निर्णयमा भनिएको छ ।
प्रतिक्रिया 4