+

लिग २ क्रिकेटमा नेपालले यूएईसँग खेल्दै

२०८३ वैशाख  १२ गते ७:३८ २०८३ वैशाख १२ गते ७:३८
लिग २ क्रिकेटमा नेपालले यूएईसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको सिरिज १२ वैशाखदेखि काठमाडौंमा सुरु हुँदैछ।
  • नेपालले पहिलो खेलमा १२ वैशाख विहान साढे ९ बजे यूएईसँग प्रतिस्पर्धा गर्नेछ।
  • नेपाल २० खेलमा १२ अंकसहित सातौं र यूएई १० अंकसहित आठौं स्थानमा छन् भने ओमान २४ खेलमा २९ अंकसहित तेस्रो स्थानमा छ।

१२ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको सिरिज शनिबारदेखि सुरु हुँदैछ ।

नेपालले पहिलो खेलमा शनिबार नै यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको खेल विहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

लिग–२ मा कमजोर प्रदर्शन गरिरहेको नेपाललाई आगामी खेलहरु जित्नैपर्ने दबाब छ । २० खेल खेलिसकेको नेपाल १२ अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा छ ।

यूएई पनि नेपालभन्दा एक स्थान तल छ । यूएईको १० अंक छ । यही शृंखलामा खेल्ने अर्को टोली ओमान २४ खेलबाट २९ अंकसहित तेस्रो स्थानमा छ ।

ओमान र यूएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उच्च मनोबलका साथ घरेलु मैदानमा दोस्रो सिरिज खेल्ने लक्ष्यमा नेपाली टोली हुनेछ ।

नेपाल र यूएई नेपाली क्रिकेट टोली यूएई क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय