+
+
Shares

सुकुमवासी बस्तीका बासिन्दालाई रंगशाला लगेर पहिचान गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते १०:०१

१२ वैशाख, काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सुकुमवासी बस्तीबाट हटाइएका वासिन्दालाई सुरुमा रंगशाला लगिने भएको हो ।

‘सुरुमा रंगशाला लगिन्छ । त्यहाँ लगेर स्क्रिनिङ गरेपछि बल्ल होल्डिङ सेन्टेरमा लाने तयारी छ’, भुसालले अनलाइनखबरसँग भने ।

उनका अनुसार अहिले रंगशाला लाने काम पनि भइरहेको छ । रंगशाला लगेर को वास्तविक सुकुमवासी हो भन्ने पहिचान भएपछि वास्तविक सुकुमवासीलाई अहिले अस्थायी रुपमा होल्डिङ सेन्टरमा लगेर राखिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?