+
+
Shares

५० हजार घुस लिएको सूचनाका आधारमा प्रहरी हबल्दार पक्राउ

हबल्दार थापाले लागुऔषध मुद्दामा प्रतिवादीसमेतलाई मुद्दा मिलाएर सहजीकरण गरिदिने भन्दै ५० हजार रकम लिएको सूचना प्राप्त भएको अख्तियारले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते २१:०१

१२ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस रकम लिएको सूचनाका आधारमा एकजना प्रहरी हबलदारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत ३९ वर्षीय हबल्दार विष्णु थापा क्षेत्रलाई अख्तियारकाे पाेखरा कार्यालयले पक्राउ गरेको हो ।

हबल्दार थापाले लागुऔषध मुद्दामा प्रतिवादीसमेतलाई मुद्दा मिलाएर सहजीकरण गरिदिने भन्दै ५० हजार रकम लिएको सूचना प्राप्त भएको अख्तियारले जनाएको छ ।

सोही सूचनाका आधारमा पोखरा महानगरपालिका–४ स्थित खाजाघरबाट उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियारले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?