News Summary
Generated by OK AI. Editorially reviewed.- दार्चुलामा प्रहरीले पशुपन्छी हत्यासम्बन्धी अभियोगमा तेज लुहार र लोकेन्द्र भुललाई पक्राउ गरेको छ।
- महाकाली नगरपालिका वडा–४ की एक महिलाको गाई हराएको थियो र उनीहरूलाई लास्कुखोलामा मासु काटिरहेको अवस्थामा फेला पारिएको थियो।
- जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम शाहीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए।
१५ वैशाख, धनगढी । दार्चुलामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महाकाली नगरपालिका वडा–१ को लास्कुखोलाबाट तेज लुहार र लोकेन्द्र भुललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम शाहीले उनीहरूलाई पशुपन्छी हत्यासम्बन्धी अभियोगमा पक्राउ गरेर अनुसन्धान भइरहेको बताए ।
उनकाअनुसार महाकाली नगरपालिका-४ कि एक महिलाको गाई हराएको थियो । दुवै जनाले लास्कुखोलामा मासु काटिरहेको अवस्थामा फेला पारेपछि सोही गाई काटेको हुनसक्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4