+
+
Shares

संघीय मामिला मन्त्रालयले सबै पालिकालाई भन्यो- वास्तविक सुकुमवासी पहिचान गर्नु

मन्त्रालयले सुकुमवासी पहिचान, तत्काल अन्यत्र व्यवस्था गर्ने योजना र अतिक्रमण हटाउन आवश्यक परे जिल्ला प्रशासन कार्यालयसँग सहयोग माग गर्नु भन्दै बिहिबार परिपत्र गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते २०:०६

१७ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै नगरपालिका र गाउँपालिकाहरूलाई पत्र लेखेर वास्तविक सुकुमवासी पहिचान गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सुकुमवासी पहिचान, तत्काल अन्यत्र व्यवस्था गर्ने योजना र अतिक्रमण हटाउन आवश्यक परे जिल्ला प्रशासन कार्यालयसँग सहयोग माग गर्नु भन्दै बिहिबार परिपत्र गरेको हो ।

राष्ट्रिय गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघले बिहिबार बिहान नेपाली सेनाले सुकुमवासीको लगत संकलन गरेको प्रति आपत्ति जनाएर विज्ञप्ती निकालेको थियो । नेपाली सेनाले भने विपद् प्रयोजनका लागि विवरण संकलन गरेको प्रतिक्रिया दिएको थियो ।

बिहीबारै गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै सम्बन्धित निकायको सहयोग र समन्वयमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी उक्त जग्गाहरूमा रहेको अतिक्रमण हटाउने योजना सम्बन्धित निकायबाट माग गरी मन्त्रालयमा पठाउन र अतिक्रमण हटाउने कार्यका लागि सुरक्षा प्रबन्ध लगायतका आवश्यक सहजीकरण गर्न निर्देशन दिएको थियो ।

नेपाली सेना र नेपाल प्रहरीले सुकुमवासीको लगत पठाउन माग गरेर पालिकाहरूलाई पत्रचार गरेको थियो । बर्दियाका पालिकाहरूले यसअघि नै यसको विरोध गरेको थियो ।

सरकारले काठमाडौंको थापाथाली, गैरीगाउँ, मनोहरालगायत देशका विभिन्न स्थान अतिक्रमित बस्ती हटाउन सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?