+
+
Shares

एक महिनामा देशभर ४१७ जना बिचौलिया पक्राउ

पक्राउ परेकामध्ये १२१ जनाविरुद्ध मुद्दा दर्ता गरेको र २९६ जनालाई छानबिनपछि छाडिएको प्रहरीले भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते २०:२९
फाइल तस्वीर

१७ वैशाख, काठमाडौं । नेपाल प्रहरीले पछिल्लो एक महिनाको अवधिमा देशभर ४१७ जना बिचौलिया पक्राउ गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालयको बिहीबारको बुलेटिनमा सो कुरा उल्लेख छ ।

पक्राउ परेकामध्ये उपत्यकाबाट १२३ जना, कोशी प्रदेशबाट ४५ जना, मधेश प्रदेशबाट ५० जना, बागमती प्रदेशका उपत्यकाबाहेकका जिल्लाबाट ७६ जना, गण्डकी प्रदेशबाट २७ जना, लुम्बिनी प्रदेशबाट ४४ जना, कर्णाली प्रदेशबाट २४ जना र सुदूरपश्चिम प्रदेशबाट २८ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये १२१ जनाविरुद्ध मुद्दा दर्ता गरेको र २९६ जनालाई छानबिनपछि छाडिएको प्रहरीले भनेको छ ।

सरकारले सार्वजनिक सेवालाई बिचौलियारहित, नागरिक मैत्री, कानुनसम्मत, पारदर्शी र छिटो छरितो बनाउने भनेको थियो । सोहीअनुसार देशभरका सेवा कार्यालयमा रहेका बिचौलियामाथि प्रहरीले धरपकड सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?