+
+
Shares

संक्रमणकालीन न्याय हेर्ने दुवै आयोगका पदाधिकारी पनि पदमुक्त हुने

अध्यादेश राजपत्रमा प्रकाशित भएसँगै दुवै आयोगका ५/५ पदाधिकारी पदमुक्त हुनेछन् । ओली सरकारले उनीहरूलाई नियुक्त गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते २१:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले संक्रमणकालीन न्याय हेर्ने सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरूलाई पदमुक्त गर्ने अध्यादेश ल्याएको छ।
  • अध्यादेश राजपत्रमा प्रकाशित भएसँगै दुवै आयोगका ५/५ पदाधिकारी पदमुक्त हुनेछन् र उनीहरूलाई ओली सरकारले नियुक्त गरेको थियो।
  • दुवै आयोगले द्वन्द्वकालीन घटनाको छानबिन र अनुसन्धान अघि बढाउन सकेका थिएनन् र द्वन्द्व पीडितहरूले असहमति जनाएका थिए।

१९ वैशाख, काठमाडौं । सरकारले संक्रमणकालीन न्याय हेर्ने दुई आयोगका पदाधिकारीहरूलाई पनि पदमुक्त हुनेगरी अध्यादेश ल्याएको छ ।

शनिबार जारी भएको राजनीतिक नियुक्तिसम्बन्धी पदाधिकारी पदमुक्त गर्ने गरी ल्याएको अध्यादेशमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरू पदमुक्त हुने व्यवस्था छ ।

अध्यादेश राजपत्रमा प्रकाशित भएसँगै दुवै आयोगका ५/५ पदाधिकारी पदमुक्त हुनेछन् । ओली सरकारले उनीहरूलाई नियुक्त गरेको थियो ।

आफूहरूको भावना प्रतिकूल दुई आयोगका पदाधिकारी चयन गरिएको भन्दै द्वन्द्व पीडितहरूलृे असहमति जनाउँदै आएका थिए । दुवै आयोगले द्वन्द्वकालीन घटनाको छानबिन र अनुसन्धान अघि बढाउन सकेका थिएनन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापा छन् भने सदस्यहरू अच्युत प्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्या ओझा छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा लिलादेवी गड्तौला अध्यक्ष छिन् भने सदस्यहरू गोपालनाथ योगी, अग्नी प्रसाद थपलिया, श्रृजना पोखरेल र विनिता नेपाली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?