+

रारा गोल्डकप फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई

२०८३ वैशाख  २२ गते १९:०८ २०८३ वैशाख २२ गते १९:०८
रारा गोल्डकप फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको राजारानीमा सम्पन्न १३औं रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको बिर्तामोड युनाइटेडले पेनाल्टी सुटआउटमा आयोजक रारा फुटबल क्लबलाई ५-४ गोल अन्तरले हराएर जितेको छ।
  • निर्धारित ९० मिनेटको अन्तिममा आयोजक राराले अग्रता लिएको खेल इन्जुरी समयको नवौं मिनेटमा बिर्तामोडले बराबरी गोल फर्काएर पेनाल्टी सुटआउटमा खेल पुर्‍याएको थियो।
  • उपाधि विजेता बिर्तामोड युनाइटेडले ७ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता रारा फुटबल क्लबले ३ लाख रुपैयाँ पुरस्कार पाएको छ।

२२ वैशाख, धनकुटा । धनकुटाको राजारानीमा सम्पन्न १३औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता झापाको बिर्तामोड युनाइटेडले हात पारेको छ।

पेनाल्टी सुटआउटमा आयोजक रारा फुटबल क्लबलाई ५-४ गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेडले उपाधि हात पारेको हो । धनकुटा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको रारा गोल्डकप फुटबल प्रतियोगिताको १२औं संस्करण पनि बिर्तामोड युनाइटेडले जितेको थियो ।

निर्धारित ९० मिनेटको अन्तिममा समयमा आयोजक राराले गोल गर्दै बिर्तामोडमाथि अग्रता लिएको थियो । इन्जुरी समयको नवौं मिनेटमा राराविरुद्ध बिर्तामोडले गोल फर्काएर खेल बराबरीमा पुर्‍यायो ।

यसपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा आयोजक रारा फुटबल क्लब बिर्तामोडसँग ५-४ गोल अन्तरले पराजित भयो ।

उपाधि विजेता बिर्तामोड युनाइटेडका दिवस उराउ, संजय लिम्बु, मौसम सुब्बा, विवेक पौडेल र प्रशान्त लक्षमले गोल गरेका थिए ।

यस्तै उपविजेता बनेको रारा फुटबल क्लबका तर्फबाट किरण चेम्जोङ, विशाल भण्डारी, मणि लामा र शिशिर लेखीले गोल गरेका थिए । दिपेश गुरुङको प्रहारलाई भने बिर्तामोड युनाइटेडका गोल रक्षकले विफल पारिदिएका थिए ।

यससँगै उपाधि विजेता बिर्तामोड युनाइटेडले ७ लाख रुपैयाँ नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेतामा सीमित रारा फुटबल क्लबले ३ लाख रुपैयाँमा चित्त बुझायो ।

खेलको म्यान अफ द म्याच बिर्तामोड युनाइटेडका प्रशान्त लक्षम घोषित भएका छन् । उदीयमान खेलाडीको अवार्ड रारा फुटबल क्लबका लोकेन्द्र लिम्बुले प्राप्त गरेका छन् ।

उत्कृष्ट गोलकिपर बिर्तामोड युनाइटेडका कप्तान अभिषेक बरालले प्राप्त गरेका छन् । यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार बिर्तामोड युनाइटेडका राजेश दाहालले प्राप्त गरे ।

उनले प्रतियोगिता अवधिभर ४ गोल गरेका थिए । उत्कृष्ट खेलाडी रारा फुटबल क्लवका कप्तान किरण चेम्जोङ घोषित भए ।

बिर्तामोड युनाइटेड रारा गोल्डकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय