News Summary
Generated by OK AI. Editorially reviewed.- सेन्ट्रल एसियन भलिबल एसोसिएसनले जेठ ८ देखि १५ गतेसम्म काभा महिला भलिबल च्याम्पियनसिपको खेलतालिका सार्वजनिक गरेको छ।
- प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, भारत, माल्दिभ्स, इरान, कजाखस्तान, श्रीलंका र बंगलादेशका आठ टोली सहभागी छन्।
- नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग खेल्नेछ र फाइनल खेल जेठ १५ गते दशरथ रंगशालामा हुनेछ।
२२ वैशाख, काठमाडौं । नेपालमा आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले मंगलबार च्याम्पियनसिपको खेलतालिका सार्वजनिक गरेको हो ।
जेठ ८ देखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा नेपालसहित सेन्ट्रल एसियाका ८ टोलीको सहभागिता रहनेछ ।
घरेलु टोली नेपालसहित कीर्गिस्तान, भारत र माल्दिभ्स समूह ए मा छन् । यस्तै इरान, कजाखस्तान, श्रीलंका र बंगलादेश समूह बी मा छन् ।
नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग खेल्नेछ । त्यही दिन कीर्गिस्तान र माल्दिभ्स तथा इरान र बंगलादेशबीच पनि खेल हुनेछ ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल जेठ १५ गते हुनेछ ।
यस प्रतियोगिताका लागि नेपाल भलिबल संघले यसअघि नै २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी सुरु गरेको थियो । पीएम कप एनभीए लिगका कारण केही समय रोकिएको राष्ट्रिय टिमको प्रशिक्षण फेरि सुरु हुँदैछ ।
काभा महिला भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण हिमालय स्पोर्ट्समा हुनेछ ।

प्रतिक्रिया 4