News Summary
Generated by OK AI. Editorially reviewed.- चेन्नई सुपर किङ्सले आईपीएल २०२६ मा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै पाँचौं जित हासिल गरेको छ।
- सन्जु सामसनले ५२ बलमा अविजित ८७ रन बनाएर चेन्नईको जितमा मुख्य भूमिका खेलेका थिए।
- दिल्लीले दिएको १५६ रनको लक्ष्य चेन्नईले १५ बल बाँकी छँदै पूरा गरेको छ।
२२ वैशाख, काठमाडौं । सन्जु सामसनले शानदार ब्याटिङ गर्दै ५२ बलमा अविजित ८७ रन बनाएपछि चेन्नई सुपर किङ्सले आईपीएल २०२६ मा पाँचौं जित हासिल गरेको छ ।
मंगलबार भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १५६ रनको लक्ष्य चेन्नईले १५ बल बाँकी छँदै २ विकेटको क्षतिमा पूरा गर्यो ।
सामसनले ८ चौका र ७ छक्कासहित ८७ रन बनाएर अविजित रहे भने उनलाई कार्तिक शर्माले ४१ रन बनाएर साथ दिए । यी दुई मिलेर तेस्रो विकेटका लागि ११४ रनको अविजित साझेदारी गरे ।
उर्भिल पटेलले १७ तथा कप्तान रुतुराज गायक्वाडले ६ रन बनाए । दिल्लीका लागि कप्तान अक्षर पटेल र लुंगी एंगिडीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । समीर रिज्भीले सर्वाधिक अविजित ४० रन बनाए । ट्रिस्टन स्टब्सले ३८ रन बनाए । पथुम निसान्काले १९, नितिश रानाले १५, आशुतोष शर्माले १४, करुण नायरले १३ र केएल राहुलले १२ रन बनाए ।
चेन्नईका लागि नूर अहमदले २ विकेट लिए भने अकिल होसेन, मुकेश चौधरी, गुर्जपनीत सिंह र जेमी ओभरटनले १-१ विकेट लिए ।
योसँगै १० खेलमा पाँचौं जित निकालेको चेन्नई १० अंकसहित छैटौं स्थानमा यथावत् छ भने समान खेलबाट ८ अंक रहेको दिल्ली सातौं स्थानमा छ ।
प्रतिक्रिया 4