+

बेलायतको नजर सन् २०४० को ओलम्पिक आयोजनातर्फ

२०८३ वैशाख  २३ गते १५:१५ २०८३ वैशाख २३ गते १५:१५
बेलायतको नजर सन् २०४० को ओलम्पिक आयोजनातर्फ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायत सरकारले सन् २०४० को दशकमा ओलम्पिक र पारालिम्पिक खेल आयोजना गर्ने सम्भावित प्रस्तावबारे छलफल भइरहेको जनाएको छ।
  • सन् २०३० को दशकमा रायडर कप र सोलहाइम कप आयोजना गर्ने सम्भावनाबारे पनि विचार भइरहेको छ।
  • सरकारले अनुमति बिना टिकट पुनः बिक्री गर्नेलाई अपराध घोषणा गर्ने तयारी गरेको छ।

२३ वैशाख, काठमाडौं । बेलायत सरकारले सन् २०४० को दशकमा ओलम्पिक र पारालिम्पिक खेल आयोजना गर्ने सम्भावित प्रस्तावबारे छलफल भइरहेको जनाएको छ । यसका लागि लागत, सामाजिक–आर्थिक फाइदा र सफलताको सम्भावना जस्ता पक्षहरूको अध्ययन गरिने बताइएको छ ।

संस्कृति, सञ्चार तथा खेल विभागले बेलायतलाई ठूला खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रमुख गन्तव्य बनाउने लक्ष्य राखेको छ । साथै, सन् २०३० को दशकमा रायडर कप र सोलहाइम कप आयोजना गर्ने सम्भावनाबारे पनि विचार भइरहेको छ ।

यसअघि सन् २०१२ मा लन्डनमा ओलम्पिक भएको थियो । पछिल्ला महिनाहरूमा बेलायतमा फेरि ओलम्पिक ल्याउने विषयमा चासो बढ्दो छ । लन्डनका मेयर सादिक खानले सन् २०४० को खेलका लागि शहरले प्रस्ताव दिनुपर्ने बताएका छन् ।

सन् २०२८ र २०३२ का खेल क्रमशः अमेरिका र अस्ट्रेलियामा हुने तय भइसके पनि त्यसपछिका आयोजकबारे अझै निर्णय भएको छैन ।

यसैबीच, केही नेताहरूले भविष्यमा हुने प्रस्ताव इंग्ल्यान्डको उत्तरी क्षेत्रमा आधारित हुनुपर्ने बताएका छन् । लिभरपुल र म्यानचेस्टर संयुक्त रूपमा आयोजक बन्न सक्ने चर्चा पनि चलेको छ ।

गल्फको रायडर कप दुई वर्षमा एकपटक आयोजना हुने प्रतियोगिता हो, जसमा युरोप र अमेरिकाका उत्कृष्ट खेलाडीबीच प्रतिस्पर्धा हुन्छ । सन् २०३५ को रायडर कप आयोजना गर्न बोल्टनले प्रस्ताव दिएको छ । सोलहाइम कप भने महिला खेलाडीहरूबीच हुने प्रतियोगिता हो, जसलाई पहिलोपटक बेलायतमा आयोजना गर्ने प्रयास भइरहेको छ ।

सरकारले खेलकुद कार्यक्रमका लागि नयाँ नीतिअन्तर्गत अनुमति बिना टिकट पुनः बिक्री गर्नेलाई अपराध घोषणा गर्ने तयारी पनि गरेको छ, ताकि दर्शकहरूले वास्तविक मूल्यमा टिकट पाउन सकून् ।

बेलायतले सन् २०२८ को युरो फुटबल प्रतियोगिता आयोजना गर्दैछ भने सन् २०३५ को महिला विश्वकपका लागि एकमात्र दावेदार पनि हो । साथै, यस वर्ष विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरू पनि बेलायतमा हुँदैछन् ।

-बीबीसीबाट

ओलम्पिक २०४०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय