+

‘नेपाल फाइभ के रन च्यालेन्ज’ शनिबार हुँदै

२०८३ वैशाख  २३ गते १७:२९ २०८३ वैशाख २३ गते १७:२९
‘नेपाल फाइभ के रन च्यालेन्ज’ शनिबार हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एथ्लेटिक्स परिवार नेपालले चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको नेपाल फाइभ के रन च्यालेन्ज शनिबार आयोजना गर्ने भएको छ।
  • प्रतियोगितामा ६ विधामा करिब २५० भन्दा बढी धावक सहभागी हुने र खुला ५ किलोमिटर दौडमा प्रथमले १२ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
  • प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ र प्रत्येक चरणपछि अंक प्रदान गरी अन्तिम चरणमा ग्रान्ड फाइनल आयोजना गरिने आयोजकले जनाएको छ।

२३ वैशाख, काठमाडौं । एथ्लेटिक्स परिवार नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल फाइभ के रन च्यालेन्ज’ शनिबार आयोजना हुने भएको छ ।

आयोजकका अध्यक्ष राजन खत्रीले पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा हुने जानकारी दिएका छन् ।

प्रतियोगितामा खुला महिला तथा पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ ५ किलोमिटर दौड हुनेछ। त्यस्तै, १८ वर्षमुनि महिला तथा पुरुष र ३५ वर्षमाथि महिला भेट्रानतर्फ ३ किलोमिटर दौड आयोजना गरिनेछ। करिब २५० भन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ ।

खुला ५ किलोमिटरतर्फ प्रथम हुनेले १२ हजार, द्वितीयले ८ हजार र तृतीयले ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधामा पनि विभिन्न रकमका नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यो प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ, जसअन्तर्गत प्रत्येक चरणबीच करिब दुई महिनाको अन्तर रहनेछ । प्रत्येक चरणमा शीर्ष स्थानमा रहने खेलाडीलाई अंक प्रदान गरिनेछ र अन्तिम चरणपछि ग्रान्ड फाइनल आयोजना गरिने आयोजकले जनाएको छ ।

दौड चाँगुनारायण नगरपालिका भवनबाट सुरु भई विभिन्न स्थान हुँदै पुनः सोही स्थानमा पुगेर सम्पन्न हुनेछ। प्रतियोगिताले नगरमा खेलकुद गतिविधि बढाउने विश्वास गरिएको छ ।

नेपाल फाइभ के रन च्यालेन्ज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय