News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ‘ए’ले अमेरिकासँगको अभ्यास खेलमा ३ विकेटको रोमाञ्चक जित हात पारेको छ ।
- नेपालका लागि मायन यादवले ८० बलमा ७२ रन बनाए भने अमेरिकाका ओपनर स्मित पटेलले १०८ बलमा ११६ रन बनाए ।
- नेपाल ‘ए’ले बिहीबार स्कटल्यान्डलाई पराजित गरेको थियो ।
२५ वैशाख, काठमाडौं । अमेरिकासँगको अभ्यास खेलमा नेपाल ‘ए’ ले रोमाञ्चक जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ले ५ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपाल ‘ए’का लागि मायन यादवले सर्वाधिक ७२ रन बनाए । उनले ८० बलमा ४ चौका र २ छक्का प्रहार गरे । तिर्थ दास २३, अनिलकुमार यादव २७, देव खनाल १७, सन्दीप जोरा ३७, कुशल मल्ल ३३ र बसिर अहमद १८ रनमा आउट भए । पवन सर्राफ २४ र दीपक डुम्रे २ रनमा अविजित रहे ।
बलिङमा अमेरिकाका लागि मिलिन्द कुमारले २, सञ्जय कृष्णमूर्ति, हर्मित सिंह, रुशिल उगर्कर, नोस्थुस केन्जिग र शौरभ नेत्रवल्करले एकएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनाएको थियो ।
अमेरिकाका लागि ओपनर स्मित पटेलले १०८ बलमा ११६ रन बनाए । जसदीप सिंह ३३ तथा हर्मीत सिंह २५ रनमा नटआउट रहे । कप्तान मोनांक पटेलले २० रन बनाए ।
नेपाल ‘ए’का लागि पवन सर्राफले २ विकेट लिँदा शाहब आलम, बिपिन खत्री, बसिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले एकएक विकेट लिए । नेपाल ‘ए’ले यसअघि बिहीबार स्कटल्यान्डलाई पराजित गरेको थियो ।
प्रतिक्रिया 4