+
+
Shares

एमालेलाई विद्या भण्डारीका ३ सुझाव- जनमुखी कार्यशैली, आत्मानुशासन र सेवा भाव

‘हाम्रा क्रियाकलापहरु युवा पुस्तामा केन्द्रित हुनुपर्छ’

उनले मदन–आश्रितको स्मृतिको अवसरमा आत्मसुधार, एकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न प्रेरणा लिनुपर्ने बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ३३औँ मदन–आश्रित स्मृति दिवसमा जनताको विश्वास नै राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति भएको बताएकी छन्।
  • भण्डारीले पार्टी र जनताबीच दुरी बढ्दा राजनीतिक आन्दोलनको मर्म कमजोर हुने र जनताको भावना नजिकबाट बुझ्नुपर्ने बताएकी छन्।
  • उनले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासमा भूमिका खेलेको उल्लेख गर्दै जनमुखी कार्यशैली र सेवा भाव व्यवहारमा उतार्नुपर्ने बताएकी छन्।

३ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विश्वास नै राजनीतिक शक्रिको सबैभन्दा ठूलो शक्ति भएको बताएकी छन् । पार्टी र जनताबीच दुरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुने उनको भनाइ छ ।

३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आज बल्खुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले सो धारणा राखेकी हुन् । ‘जनताको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्छ,’ उनले भनिन्, ‘राजनीति जनसेवा र समाज रुपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढंगले क्रियाशील हुनैपर्दछ ।’

उनले मदन–आश्रितको स्मृतिको अवसरमा आत्मसुधार, एकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न प्रेरणा लिनुपर्ने बताइन् ।

एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले अब पार्टीले पुन: जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘कार्यकर्ताहरु जनताको बीचमा पुग्नुपर्छ, जनताको दु:ख–सुखमा सहभागी हुनुपर्छ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय हुनुपर्छ ।’

‘हाम्रा क्रियाकलापहरु युवा पुस्तामा केन्द्रित हुनुपर्छ,’

स्मृति दिवसलाई केबल औपचारिक कार्यक्रमका रुपमा नभई, वैचारिक पुनर्जागरण र नयाँ संकल्पको अवसरका रुपमा लिन उनले सबैलाई आग्रह गरिन् ।

साथै जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसाथ गर्दैै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान समेत गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले युवा शक्ति राष्ट्र निर्माणको सबैभन्दा ठूलो आधार र सम्भावना भएको बताइन् । शिक्षा, प्रविधि, उद्यमशीलता, उत्पादन र नवप्रवर्तनसँग युवालाई प्रभावकारी रुपमा जोड्न सकियो भने नेपालले विकास, रोजगारी र समृद्धिको नयाँ ढोका खोल्ने उनको विश्वास छ । ‘त्यसैले अब हाम्रा क्रियाकलापहरु युवा पुस्तामा केन्द्रित हुनुपर्छ,’ उनले भनिन् ।

उनले मदन–आश्रितले देखेको समतामूलक, समृछ र आत्मनिर्भर नेपालको सपना अझै पूरा गर्न बाँकी रहेको बताइन् । उनीहरुको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतारेमा मात्र सच्चा श्रद्धाञ्जली हुने धारणा समेत राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?